मकवानपुरमा पनि हट्यो निषेधाज्ञा र कर्फ्यु
नेपालखोज
२०८२ भदौ २८ गते ११:३५

काठमाडौं । मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हटेकाे छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार एक सूचना प्रकाशित गर्दै भदौ २८ गते बिहान १० बजेदेखि निषेधाज्ञा र कर्फ्यु हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएकोले सर्वसाधारणको जानकारीका लागि निषेधाज्ञा र कर्फ्यु हटाइएको हो ।
देशका विभिन्न भागमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले गत भदौ २६ गतेदेखि जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया