प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न ट्रमा सेन्टर र सिभिल अस्पताल जाँदै

नेपालखोज २०८२ भदौ २८ गते १४:०८

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेलाई भेट्न अस्पताल जाने भएकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेलाई भेट्न जान लागेकी हुन् ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया