राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
नेपालखोज
२०८२ भदौ २९ गते १७:५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भद २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया