वर्तमान अवस्थाका विषयमा पाँचबुँदे ब्रिफिङ गर्दै महामन्त्री थापाकाे दुईबुँदे विकल्प प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा वर्तमान अवस्थाका विषयमा पाँचबुँदे ब्रिफिङ गर्दै दुईबुँदे विकल्प प्रस्ताव गरेका छन् ।
महामन्त्री गगन थापाकाे नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क छ । उनले जेनजी आन्दोलनपछि परिस्थितिमा बदलाब आएको भन्दै कांग्रेसका विशेष अदायित्व भन्दै पाँचबुँदे ब्रिफिङ राखेका हुन् ।
महामन्त्री थापाले ती दायित्व निर्वाहका लागि ‘आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने र पार्टीको पुनर्गठन गर्नुपर्ने’ बताएका हुन् । पार्टीको पुनर्गठन भने ‘विधिसम्मत तरिकाले हुनुपर्छ, गर्न सकिने’ उनको ब्रिफिङ छ ।
पार्टी पुनर्गठनका लागि उनले दुईबुँदे विकल्प प्रस्तुत गरेका छन् । थापाले नियमित महाधिवेशनको विकल्पमा सहमति नभए दोस्रो विकल्पमा जान प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया