फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली संकलनको बाटो खुल्यो

नेपालखोज २०८२ असोज ८ गते १५:१८

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली संकलनको बाटो खुलेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो ।

यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेका जेनजी पुस्ताले पनि नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्ने कानुनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली सङ्कलन गर्न मिति तोकिने बताए ।

प्रतिक्रिया