अर्थ मन्त्रालयले सुरु गर्यो एकीकृत कार्यालय व्यवस्थापन प्रणाली
नेपालखोज
२०८२ असोज १० गते १३:२०

काठमाडाैं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले (जीआईओएमएस) प्रणालीको शुभारम्भ गरेका हुन् ।
सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गर्ने उद्देश्यले कागजरहित (जीआईओएमएस) प्रणाली सुरु गरिएको हो ।
जीआईओएमएस प्रणालीमार्फत कागजरहित सेवा दिने सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया