पाकिस्तानी प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

नेपालखोज २०८२ असोज २१ गते १२:३६

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

“नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दु:ख छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।

प्रतिक्रिया