ग्रामीण क्षेत्रमा यातायात सञ्चालन
नेपालखोज
२०८२ असोज २३ गते २२:००

रसुवा । यही असोज १८ गतेको वर्षासँगै आएको पहिराका कारण अवरूद्व उत्तरी रसुवाको रोङ्गा–बृद्विम ग्रामीण सडक आजबाट सञ्चालनमा आएको छ ।
सडक खुला भएसँगै खच्चरद्वारा लाङ्टाङमा खाद्यान्न ढुवानी गराउन, पर्यटकलाई ओहरदोहर गर्न बिरामीको उपचारार्थ एम्बुलेन्स बोलाउन सहज भएको छ ।
बिहीबार सडक सञ्चालनमा आएसँगै काठमाडौँबाट आएको जीप बृद्विम पुगेको गोसाइँकुण्ड–३ का वडा सचिव टासी साण्डु तामाङले जानकारी दिए ।
गोसाइँकुण्ड गाउँपालिका र निजी क्षेत्रको दुईवटा डोजर सहायताले ग्रामीण सडक मर्मत सम्पन्न पश्चात यातायात पुनःसञ्चालनमा आएको सचिव तमाङले बताए ।
सम्बन्धित

प्रतिक्रिया