अरिङ्गालले टोक्दा एकको मृत्यु
नेपालखोज
२०८२ असोज २७ गते १३:५८

लमजुङ । यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए । उनले भने, बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते भएका थिए, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया