आर्थिक सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने

नेपालखोज २०८२ असोज २७ गते १८:०२

विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरले आर्थिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

लैङ्गिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने कार्यक्रमको उद्देश्य छ ।

कार्यक्रमले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने युएनएफपीएका प्रतिनिधि सरोज भुसालले जानकारी दिए ।

प्रतिक्रिया