यस्ताे छ मन्त्रिपरिषद्का २० निर्णयहरू
नेपालखोज
२०८२ असोज ३१ गते १४:४८

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बाेलाउने निर्णय गरेकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बाेलाउने निर्णय गरेकाे सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवालगायतका २० निर्णय गरेको खरेलले जानकारी दिए ।


सम्बन्धित

प्रतिक्रिया