मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, थपिँदै छन् यी ४ मन्त्री
नेपालखोज
२०८२ कार्तिक ९ गते १०:३६

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन् ।
गणपतिलाल श्रेष्ठ पर्यटन, खगेन्द्र सुनार श्रम तथा रोजगार, डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
चारै मन्त्रीलाई आजै शपथ खुवाउने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया