सोमबार, पुष ७, २०८२

सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु

नेपालखोज २०८२ कार्तिक १२ गते १२:४७

सिरहा । खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सिरहाको धनगढीमाईमा आजदेखि ‘प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

वीर युवा क्रिकेट क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नगरभित्रका १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक क्लबका अध्यक्ष वीरेन्द्रकुमार यादवले मधेस क्रिकेटका लागि उर्वरभूमि भएको उल्लेख गर्दै प्रतियोगिताले लुकेर रहेका खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खेलकुद क्षेत्रको विकास र युवाहरूको क्षमता पहिचान गर्न तथा उनीहरूलाई सही बाटोमा डोहोर्‍याउन यो कार्यले महत्त्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख शिवशङ्कर महता बताए । उनले स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरूको आयोजना हुनु सकारात्मक कार्य भएको बताउँदै आयोजकको प्रशंसा गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

खेल धनगढीमाई-५ स्थित गोठचोक मैदानमा सञ्चालन हुनेछन् । यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रियस्तरको क्रिकेटका लागि तयार गर्न र नगरमा खेल संस्कृतिको विकासमा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया