बुधबार, पुष ९, २०८२

बङ्गलादेश क्रिकेटमा यौन उत्पीडनको आरोपपछि अनुसन्धान प्रारम्भ

नेपालखोज २०८२ कार्तिक २१ गते १६:०९

ढाका । पूर्व महिला क्रिकेट कप्तान जहाँआरा आलमले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का पूर्व र कार्यरत अधिकारीहरूविरुद्ध यौन उत्पीडनको गम्भीर आरोप लगाएपछि बिसिबीले औपचारिक अनुसन्धान सुरु गरेको छ ।

३२ वर्षीया दायाँ हाते यी तेज बलरले हालै युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा सन् २०२२ मा दक्षिण अफ्रिकामा सम्पन्न महिला क्रिकेट विश्वकपका क्रममा तत्कालीन टोली चयनकर्ता तथा प्रबन्धक मन्जुरुल इस्लामसहितका केही अधिकारीहरूले आफूलाई र अन्य खेलाडीलाई यौन दुव्र्यवहार गरेको बताएका थिए ।

हाल चीनमा कार्यरत मन्जुरुल इस्लामले भने ती सबै आरोप ‘पूर्ण रूपमा आधारहीन’ रहेको दाबी गर्दै अस्वीकार गरेकन छन् । उनले सन् १९९९ देखि २००४ सम्म बङ्गलादेशका लागि १२ टेस्ट र ३४ एकदिवसीय (एकदिवसीय) खेल खेलेकन थिए ।

जहाँआराले सन् २०२२ को विश्वकपका क्रममा घटेको एक घटनाको स्मरण गर्दै मन्जुरुलले ‘अनुचित शारीरिक सम्पर्क गरेको’ आरोप लगाएका छन् । उनका अनुसार मन्जुरुलले प्रोत्साहनका नाममा ‘महिला खेलाडीहरूलाई बारम्बार अँगालो हाल्ने वा छातीमा हात राख्ने’ जस्ता कार्यहरू गर्ने गर्न्थ्यो ।

मन्जुरुलले त्यस आरोपलाई पूर्ण अस्वीकार गर्दै भने, तपाईं टोलीका अरु खेलाडीहरूलाई सोध्न सक्नुहुन्छ, ती सबै कुरा झूटो हुन् । बङ्गलादेश क्रिकेट बोर्डले यस विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको छ । समितिले १५ कार्य दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्ने बताइएको छ ।

बिसिबीले बिहीबार राति सार्वजनिक गरेको विज्ञप्तिमा ‘सुरक्षित, सम्मानजनक र व्यावसायिक कार्य वातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता’ दोहोर्‍याएको छ ।

हामीले यो विषय गम्भीरताका साथ अनुसन्धान गर्नैपर्छ, किनकि यसले खेल क्षेत्रमा नकारात्मक सन्देश दिन सक्छ, बिसिबीका उपाध्यक्ष शाखावत हुसेनले भने ।

यस घटनाले बङ्गलादेश क्रिकेटमा लैङ्गिक सुरक्षा र पेशागत आचारसंहिताबारे गम्भीर प्रश्नहरू उठाएको बताइँदैछ ।

प्रतिक्रिया