टर्कीको सैन्य कार्गो विमान दुर्घटना, २० जनाकाे मृत्यु

काठमाडौं । टर्कीको वायुसेनाको सी-१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया-अजरबैजान सीमानजिक दुर्घटनाग्रस्त भएको छ । अलजजिराका अनुसार विमानमा उडान टोलीसहित २० सेना सवार रहेकोमा केहीको मृत्यु भएको छ । तर यकिन विवरण भने आउन सकेको छैन ।
टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान भरेको एक सी-१३० सैन्य कार्गो विमान दुर्घटना भएको बताएको छ । अजरबैजान र जर्जियाका अधिकारीसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको छ ।
जर्जिया एयर नेभिगेसन अथोरिटीले बताएअनुसार विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरिसकेपछि त्यससँगको राडार सम्पर्क टुटेको थियो ।
जर्जियाको इन्टरप्रेस न्युज एजेन्सीका अनुसार, विमान पूर्वी जर्जियाको काखेती क्षेत्रमा अवस्थित सिघनाघी इलाकामा खसेको थियो । सी-१३० हर्कुलस एउटा चार इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो, जसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाउँछ ।







प्रतिक्रिया