बिहीबार, मंसिर २५, २०८२

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

नेपालखोज २०८२ कार्तिक २६ गते १२:१०

काठमाडौं । सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।

सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ ।

‘घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ’, गीतकार राउतले भने ।

गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको सङ्घर्ष समेटिएको उनको भनाइ छ ।

प्रतिक्रिया