निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक

नेपालखोज २०८२ कार्तिक २७ गते १४:१९

काठमाडाैं । निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने गरी जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार गरेको छ ।

आजदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए । आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ ।

प्रतिक्रिया