बुधबार, पुष ९, २०८२

विहार विधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, सन् १९५१ पछि सबैभन्दा बढी मतदान : निर्वाचन आयोग

नेपालखोज २०८२ कार्तिक २७ गते २२:००

पटना, बिहार । भारतको निर्वाचन आयोगले बिहीबार सम्पन्न बिहार विधानसभा निर्वाचन २०२५ शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ। मतदान मा सन् १९५१ पछिको सबैभन्दा उच्च सहभागिता रहेको आयोगले बताएको छ ।

आयोगका अनुसार बुधबार सम्पन्न बिधानसभा निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लामा विवादका कारण पुनः मतदानको अनुरोध नआएको पनि बताएको छ ।

निर्वाचन आयोगको सञ्चारमाध्यमका लागि दिइएको आधिकारिक जानकारी अनुसार नोभेम्बर ६ र ११ मा भएको दुई चरणको निर्वाचनमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले भाग लिएका थिए ।

‘बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन नपरेको आयोगले जनाएको छ । दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले मतदानप्रति असन्तुष्टि प्रकट गर्दै कुनै पनि निवेदन नदिएको आयोगले सञ्चारमाध्यमका लागि जारी सूचनामा भनेको छ ।

‘अन्तिम मतदाता सूचीमा सात लाख सात करोड ४५ लाख २६ हजार ८५८ मतदाता रहेको बिहारमा एसआइआरको समयमा शून्य अपिल गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ । निर्वाचन आयोगले नोभेम्बर १४ देखि सुरू हुने मतगणनाका लागि व्यापक व्यवस्था पनि गरेको छ ।

मतगणना सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ भने यसको निरीक्षण २४३ निर्वाचन अधिकृत, २४३ मतगणना पर्यवेक्षक, उम्मेदवार वा उनीहरूका एजेन्टहरूद्वारा हुनेछ । मत गणनाका लागि बिहारमा कुल चार हजार ३७२ गणना टेबल स्थापना गरिएको छ। बिहारमा विधानसभाको पहिलो र दोस्रोे चरणको मतगणना शुक्रबार बिहान ८ः०० बजे सुरु हुनेछ ।

सुरूमा हुलाक मतपत्रबाट मतगणना सुरु हुनेछ र त्यसपछि बिहान ८ः३० देखि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) गणना हुनेछ । इभिएम गणनाको अन्तिम चरणअघि हुलाकको मतपत्र गणना पूरा गर्नुपर्नेछ । आयोगले सबैलाई सही र प्रमाणित अपडेटका लागि निर्वाचन आयोगद्वारा स्थापना गरेको यो पोर्टल https//results.eci.gov.in मा मात्र सम्पर्क गर्न र कुनै पनि सुनेको वा अनौपचारिक स्रोतमा भर नपर्न सल्लाह दिएको छ । -रासस/एएफपी

प्रतिक्रिया