शुक्रबार, मंसिर २६, २०८२

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई सहयोग

नेपालखोज २०८२ मंसिर ६ गते १६:४५

गण्डकी । पोखरा महानगरपालिका–३३, आँपु भञ्ज्याङस्थित कालिका माध्यमिक विद्यालयका केही पूर्वविद्यार्थीले आफूले पढेको विद्यालययलाई सहयोग गरेका छन् ।उक्त विद्यालयबाट २०७५ को एसइई उत्तीर्ण उनीहरूले विद्यालयका सबै कक्षाकोठामा बिजुलीको व्यवस्थाका साथ पङ्खा जडान गरेका हुन् ।

साथै उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपीन्द्र प्रभावीलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष थापाले आफू पढेको विद्यालयलाई सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूबाट भविष्यमा पनि यस्ता सत्कर्म हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया