शनिबार, पुष ५, २०८२

९ अंकले उकालो लाग्दा ६ अर्ब ६९ करोडको शेयर किनबेच

नेपालखोज २०८२ मंसिर १० गते १५:५०

काठमाडौं । नेप्से पुन बढेको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि ९ दशमलव ६९ अंकले बढेर २६ सय ६५ दशमलव ६० अंकमा पुगेको छ ।

नेप्सेमा आज ३२२ वटा कम्पनीहरुको ९१ हजार सात सय पाँच पटकको कारोबारमा एक करोड ३६ लाख २० हजार आठ सय ३८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाइनान्स समुहको सुचक तीन दशमलव ८५ अंकले घटेर २३ सय ९ दशमलव ८६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ८८ अंकले घटेर १३ हजार छ सय १३ दशमलव ७० अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५० अंकले घटेर ११ हजार ९२ दशमलव २१ अंकमा झरेकोमा लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमश शुन्य दशमलव १८ र शुन्य दशमलव शुन्य एक अंकले घटेकाछन् । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव शुन्य छ अंकले बढेर १३ सय ७५ दशमलव ९७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि सात दशमलव १० अंकले बढेर ५४ सय ७६ दशमलव ७६ अंकमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ८६ अंकले बढेर ३४ सय ३५ दशमलव ३२ अंकमा पुगेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ६९ दशमलव २२, ५८ दशमलव ७०, ३५ दशमलव ७१, १० दशमलव ९६ र २५ दशमलव ९५ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा झापा इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

प्रतिक्रिया