शनिबार, पुष ५, २०८२

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने

नेपालखोज २०८२ मंसिर ११ गते ११:४३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिए ।

सुदूरपश्चिम हालसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदानमा उत्रँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया