२६ सय ७६ बिन्दुमा शेयर बजार, सातामा ३२ अर्ब ५० करोड रुपैयाँको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय ७६.३ बिन्दुमा कायम भएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४६१.६६ बिन्दुुमा कायम भएको छ ।
सातामा ३३४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ३६ हजार २५९ पटकको कारोबारमा ६ करोड ७८ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३२ अर्ब ५० करोड दुई लाख ९६ हजार ९५६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १२ अर्ब रुपैयाँले बढी हो ।
गत साता ३४५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ८० हजार ७९३ पटकको कारोबारमा चार करोड ४९ लाख ४३ हजार ९६० कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ४१ करोड २९ लाख ५७ हजार ३५७ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पाँचै दिन नेप्से लगातार उकालो लाग्दा नेप्से सुचक संगै कारोबार रकम पनि गत साताको तुलनामा बढेको हो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ३९.९२ अंकले उकालो लागेर दुई हजार ६००.२२ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.६३ अंकले उकालो लागेर ४४८.२९ बिन्दुमा चढेको थियो ।
दोस्रो दिन पनि नेप्से परिसुचक ५०.४४ अंकले उकालो लागेर दुई हजार ६५०.६६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.८४ अंकले उकालो लागेर ४५६ .१३ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक ५.३२ अंकले उकालो लागेर दुई हजार ६५५.९९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.३९ अंकले उकालो लागेर चार सय ५७.५३ बिन्दुमा चढेको थियो ।
चौंथो दिन पनि नेप्से परिसुचक ९.६१ अंकले उकालो लागेर दुई हजार ६६५.६० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.६४ अंकले उकालो लागेर ४५९.१७ बिन्दुमा चढेकोे थियो । पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक १०.४३ अंकले उकालो लागेर दुई हजार ६७६.३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले उकालो लागेर ४६१.६६ बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।








प्रतिक्रिया