तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही
नेपालखोज
२०८२ मंसिर १२ गते १७:२३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौं गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन् ।
जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भने, आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।
आज काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौं छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
टिमको सबैपक्षमा सुधार हुँदै गएको बताउदै उनले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे । उनले भने, टिमको सबैपक्षमा सुध्रिदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।
सम्बन्धित








प्रतिक्रिया