शुक्रबार, पुष ४, २०८२

यूएईमा भएको कैदीको मृत्युबारे छानबिन गर्न अधिकार समूहको आग्रह

नेपालखोज २०८२ मंसिर १३ गते ९:४८

दुबई । लन्डनस्थित एक अधिकार समूहले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)मा एक व्यक्तिलाई हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

समूहले यसलाई ‘राजनीतिक बन्दी’ भनेर वर्णन गरेको छ । एमिरेट्स डिटेनी एडभोकेसी सेन्टर (इडिएसी)का कार्यकारी निर्देशक हमद अल–शम्सीले भन्नुभयो, “यसै महिनाको सुरुमा १३ वर्ष जेलमा बिताएका ५९ बर्षीय अल–खाजा आफ्नो कोठामा मृत फेला परेका थिए ।

उनी ‘अनुचित सुनुवाइ र कठिन कारागारको अवस्था’ को शिकार भएका कारण मृत्यु भएको आलोचकहरूले दाबी गरेका छन् ।

अधिकांश खाडी देशहरूमा गैरकानुनी घोषित मुस्लिम ब्रदरहुडसँगको सम्बन्धका कारण खजालाई २०१३ मा एक सामूहिक मुद्दामा सजाय सुनाइएको थियो, जसको अधिकारकर्मीहरूले कडा आलोचना गरेका थिए ।

‘ह्युमन राइट्स वाच’का अनुसार उनलाई सन् २०२२ मा आफ्नो सजाय पूरा गरेपछि पनि जेलमै राखिएको थियो । अर्को वर्ष नयाँ आरोपहरूसहित थप सजाय सुनाइएको थियो ।

मानिसहरूले सार्वजनिक वा निजी रूपमा गरिएका टिप्पणीहरूका लागि मानहानिको आरोपमा जरिवाना वा जेल सजाय भोग्नुपर्ने हुनसक्छ। सन् २०१२ मा अरब वसन्त विद्रोहको सन्दर्भमा यस क्षेत्रका धेरै नेताहरू पदच्युत भएका थिए ।

इमिराती अधिकारीहरूले राजनीतिक सुधारको माग गर्ने सरकार विरोधीहरूलाई लक्षित गर्दै पक्राउको लहर सुरु गरेका थिए । –रासस/एएफपी

प्रतिक्रिया