पाँच बुँदे सहमतिसहित रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरे ।
रास्वपातर्फबाट कार्यबाहक पार्टी सभापति डोलप्रसाद अर्याल र उपसभापति एवम् उच्च संवाद समितिका संयोजक डा स्वर्णिम वाग्ले तथा विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र सो पार्टीका उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गरे ।
वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उनहरुको भनाइ छ । उनीहरुबीच पाँच बुँदे सहमति पनि भएको छ । सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवद्र्धनमा स्वर्गीय उज्जवल थापा एवम् विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ ।








प्रतिक्रिया