बुधबार, पुष २, २०८२

पोखरासँग ३४ रनले पराजित भयाे कर्णाली, बन्याे प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम

नेपालखोज २०८२ मंसिर १६ गते १९:३८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स पोखरा एभेन्जर्ससँग ३४ रनको पराजित भएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो ।

याे खेल हारेसँगै दोस्रो संस्करण को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

प्रतिक्रिया