आइतबार, मंसिर २८, २०८२

बैंकिङ कसुरको अभियोगमा गुण एयरलाईन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

नेपालखोज २०८२ मंसिर १७ गते १४:३२

काठमाडौं । गुण एयसलाईन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले ललितपुर महानगरपालिका वडा न. ३ पुल्चोक बस्ने वर्ष ६० बर्षिय शाक्यलाई बैंकिङ कसुर तथा सजाँय ऐन २०६४ अन्र्तगतको कसुरमा पक्राउ गरेको हो ।

सिआईबीका अनुसार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरीछ ।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका शाक्यलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ अनुमति लिएर बुधबार ललितपुर जावलाखेल भनिमण्डलबाट पक्राउ गरी गरिएको हो । उनीउपर थप अनुसन्धान भईरहेको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया