आइतबार, मंसिर २८, २०८२

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

नेपालखोज २०८२ मंसिर १९ गते ११:०१

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका-५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

उनी सुर्नया गाउँपालिका-४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।

प्रतिक्रिया