चितवनले पोखरालाई दियाे १२१ रनको लक्ष्य
नेपालखोज
२०८२ मंसिर २० गते १७:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको चितवनले पोखराविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रनको योगफल खडा गरेको हो ।
चितवनका ओपनर देव खनालले सर्वाधिक ३५ रन जोडे । अविजित रहेका अल्पेश रामजानीले ३३ रन जोडे । त्यसैगरी, रोहित चन्द, किरण थगुन्ना र विपिन खत्रीले समान एक विकेट लिए ।
सम्बन्धित








प्रतिक्रिया