चीनले गर्यो इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण
नेपालखोज
२०८२ मंसिर २१ गते १२:५९

वेनचाङ, हेनान । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्यायो ।
लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ । उक्त रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग गर्यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।
शनिबारको प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो ।
सम्बन्धित








प्रतिक्रिया