दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्ने, हारसँगै काठमाण्डूको यात्रा सकियाे
नेपालखोज
२०८२ मंसिर २४ गते १९:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्ससँगको भेट पक्का गरेको छ ।
इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्ससँगको भेट पक्का गरेको हाे ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।
प्रतियोगिताको दोस्रो क्वालिफायर भोलि (बिहीबार) हुने छ । यो खेलमा जित निकाल्ने टिमले उपाधि निम्ति शनिबार (मंसिर २७) सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित








प्रतिक्रिया