आइतबार, मंसिर २८, २०८२

आजदेखि नागढुङ्गा-मलेखु सडक दैनिक पाँच घण्टा बन्द हुने

नेपालखोज २०८२ मंसिर २८ गते ११:४०

काठमाडाैं । नागढुङ्गा-नौबिसे-मलेखु सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति र मर्मत सम्भारका लागि आजदेखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म सडक बन्द रहनेछ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।

यस अवधिमा हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।

प्रतिक्रिया