सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघ्यो
नेपालखोज
२०८२ मंसिर २९ गते १०:५६

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्यले पनि उचाइ लिएको छ । चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित








प्रतिक्रिया