बुधबार, पुष २, २०८२

पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छ : अध्यक्ष दाहाल

नेपालखोज २०८२ पुष २ गते ७:४१

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने बताए ।

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय संसद् भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । त्यसको १६ दिनपछि ठेकेदारसँग रु छ अर्ब ९२ करोडमा सम्झौता भएको थियो ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले भाडाबापत वर्षमा रु १५ करोड तिर्दै आएको छ । अध्यक्ष दाहालले सदन बस्ने विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको बताउँदै सदन बस्ने विषयमा कहीँकतैबाट विमति नभएको बताए ।

सभाको बैठक बोलाएर विधेयकमाथिको छलफल, आयोगको प्रतिवेदनको काम गर्न सकिने, मन्त्रीलाई आमन्त्रण गरेर सम्बन्धित विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया