बुधबार, पुष ९, २०८२

नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट चलाउनका लागि तीव्र गतिको स्पिड र अन्य क्षमताको वाईफाई

नेपालखोज २०८२ पुष ९ गते १२:५९

काठमाडौं । नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ ।

धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।

ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत १। इन्टरनेट र टेलिफोन प्याकेज, २। इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३ इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत १। प्रिमियम इन्टरनेट प्याकेज वान्ली, २। प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३। प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ ।

यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ । नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया