समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै एमाले

नेपालखोज २०८२ पुष १४ गते ६:१७

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छ ।

हिजाे (आइतबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिएका छन् ।  

प्रतिक्रिया