एन्फा फुटबल : लालीगुराँस विजयी
नेपालखोज
२०८२ माघ ५ गते २०:०५

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लालीगुँरास एसोसिएसन क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा लालीगुँरासले नवजनजागृति क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
लालीगुँरासको जितमा आशिष गुरुङले दुई, अब्दुल युसुफ र अकोएटे जुनियरले एक–एक गोल गरे ।
वजनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो । यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो ।
एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । सातदोबाटोको लागि फोडे फोफानाले एक गोल फर्काएका थिए ।
सम्बन्धित

प्रतिक्रिया