मञ्जुश्री फाईनान्सको २८औं शाखा थापाथलीमा

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो २८ औ शाखा थापाथली स्थित आफ्नै भवनमा सुचारु गरेको छ । आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि, फाईनान्सले बिहीबारको दिनबाट थापाथली स्थितको भवनमा आफ्नो थापाथली शाखालाई संचालनमा ल्याएको हो ।
हाल सम्म २७ ओटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औ शाखाको सेवा सुरुवात गरेको हो ।
पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब तीन करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २० रुपैंयाँ तीन पैसा रहेको छ ।
पौष मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिंगमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि पÞmोनेपेसंगको सहकार्यमा मन्जुश्री फाेन पे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।

प्रतिक्रिया