सेयर बजारमा देखियो उछाल, ५७ अंकले बढ्दा १३ अर्ब ७८ करोडको सेयर किनबेच

नेपालखोज २०८२ माघ ११ गते १५:३५

काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ५७ दशमलव ५५ अंकले बढेर २७ सय ७२ दशमलव १७ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव शुन्य पाँच अंकले बढेर चार सय ७३ दशमलव ४८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३१ वटा कम्पनीहरुको एक लाख ३३ हजार पाँच सय २९ पटकको कारोबारमा तीन करोड नौ लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार छ सय ४५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सुचक २४ दशमलव ९१ अंकले बढेर १४ सय १६ दशमलव ५७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ९९ दशमलव शून्य नौ अंकले बढेर पाँच हजार नौ सय ८३ दशमलव २१ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सुचक पनि ४५ दशमलव २९ अंकले बढेर २६ सय ४९ दशमलव ७५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ९५ दशमलव ९९ अंकले बढेर ३५ सय ९१ दशमलव ४३ अंकमा पुगेको छ ।

जीवन बीमा समूहको सूचक पनि दुई सय ६८ दशमलव ६८ अंकले बढेर १३ हजार चार सय ९७ दशमलव २५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सूचक पनि दुई सय २० दशमलव ७५ अंकले बढेर ११ हजार चार सय २० दशमलव ३९ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय ४७ दशमलव ३२, दुई दशमलव ९९, दुई सय ७५ दशमलव २९, ८० दशमलव ७८, शुन्य दशमलव २०, ३७ दशमलव ९६ र ५६ दशमलव ९८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंकको ऋणपत्र २०८५ परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया