होटल फरेष्ट इनको साधारण शेयर बाँडफाँट

नेपालखोज २०८२ माघ १४ गते १४:०५

काठमाडौं । होटल फरेष्ट इनको साधारण शेयर बाँडफाँट भएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा होटलको जारी पूँजीको १० प्रतिशत अर्थात चार करोड रुपैंयाँ बराबरको एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको चार लाख कित्ता साधारण शेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त विवरणपत्र अनुसार शेयर बिक्रीको लागि मेरो शेयरको एप्लिकेशन मार्फत सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट खरिद आवेदन गर्न मिल्ने गरी यही माघ चार गते देखि माघ आठ गतेसम्म शेयर बिक्री खुल्ला गरेको थियो ।

उक्त निष्काशनको समयमा जम्मा ८१ हजार सात सय ९७ जना आवेदकहरुबाट जम्मा १२ लाख ९३ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुले विविध कारणबाट छ हजार छ सय ८९ जना आवेदकहरुबाट प्राप्त जम्मा एक लाख ४७ हजार दुई सय ८० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेको ७५ हजार एक सय आठ जना आवेदकहरुबाट जम्मा ११ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरुलाई आवश्यक प्रशोधन गरि सोको बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

शेयर खरिदका लागि प्राप्त आवेदनहरु मध्ये नौं जना आवेदकहरुले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदन मार्फत जम्मा एकसय ९० कित्ता शेयर खरिदको लागि आवेदन गरेको हुँदा उक्त आवेदनहरु रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरुलाई रद्द गरी जम्मा ७५ हजार ९० जना आवेदकहरुलाई गोलाप्रर्थाको माध्यमबाट १० कित्ता शेयरका दरले जम्मा ४० हजार जना आवेदकहरुलाई चार लाख कित्ता शेयर बाँडफाँड गरिएको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रतिक्रिया