आशा लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि, चालु आर्थिक बर्षको छ महिनामा कमायो १२ करोड ५५ लाख

नेपालखोज २०८२ माघ २२ गते १४:२३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ५५ लाख ७४ हजार ९० रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ३६ लाख २४ हजार तीन सय २८ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड २६ लाख छ सय ७७ रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ५५ करोड ६४ लाख ३४ हजार नौं सय ७८ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ८० करोड ९५ लाख ५६ हजार पाँच सय ९५ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड ७४ लाख ५५ हजार आठ सय ९० रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ९८ करोड १८ लाख ६७ हजार एक सय २३ रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ८६ करोड २८ लाख २१ हजार पाँच सय १२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड एक लाख १२ हजार सात सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया