अपर रिचेत हाईड्रो र आरबीबी मर्चेन्टबीच सम्झौंता

नेपालखोज २०८२ माघ २७ गते १४:५७

काठमाडौं । दुई मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आफ्ना साधारण सेयरहरु आइपिओ मार्फत सार्बजनिक निष्काशन गर्नेभएको छ । यसको लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

यसै सम्बन्धमा सोमबार अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेड बीच एक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्तक्षर गरेका छन् ।

कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् आठ करोड रुपैंयाँ पुँजी बराबरका आठ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्बसाधारणमा निष्काशन गर्नेछ ।

आइपिओ प्रक्रियाकै लागि कम्पनीले आफुलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिंङ्गको कार्य पनि अघि बढाएको छ । कम्पनीले आगामी श्रावण÷भाद्र महिनामा आइपिओमा जाने योजना रहेको बताएको छ ।

कम्पनीले २०८१ को भाद्र महिना देखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोरखा जिल्लाको धार्चे गाबिसमा रहेको छ ।

एक प्रेश बिज्ञप्ति जारी गरि कम्पनीले सर्बसाधारणको जानकारीको लागि यो सुचना सार्बजनिक गराएको हो ।

प्रतिक्रिया