नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्यो

नेपालखोज २०८२ माघ २९ गते १५:३१

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो चार कार्यदिन लगातार घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार भने आठ दशमलव ९७ अंकले बढेर २६ सय ७१ दशमलव शुन्य सात अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५१ अंकले बढेर चार सय ५६ दशमलव ७२ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको एक लाख छ हजार १८ पटकको कारोबारमा दुई करोड ७७ लाख ८० हजार पाँच सय ८४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब १० करोड २५ लाख ५० हजार नौं सय ६६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये होटेल तथा पर्यटन समूहको सूचक एक सय २१ दशमलव ३४ अंकले घटेर सात हजार दुई सय १४ दशमलव ४५ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव २७ अंकले घटेर १० हजार नौं सय ८९ दशमलव ७८ अंकमा झरेको छ ।

लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि आज क्रमशः शुन्य दशमलव ६९, छ दशमलव २१ र तीन दशमलव ५७ अंकले घटेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७५ अंकले बढेर १३ सय ६४ दशमलव ७२ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६६ दशमलव ८० अंकले बढेर पाँच हजार छ सय ९६ दशमलव ७७ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि आठ दशमलव ५९ अंकले बढेर २४ सय ५६ दशमलव ७८ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव २२ अंकले बढेर १२ हजार सात सय ५९ दशमलव १४ अंकमा पुगेको छ ।

लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ६५, ५५ दशमलव शुन्य चार र शुन्य दशमलव शुन्य चार अंकले बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मध्यभोटेकोशी जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया