चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा–१२ का लागि सञ्चालन गरिने प्याब्सन एसएलसीप्रि–बोर्ड परीक्षा–२०८२ आगामी चैत्र १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
प्याब्सन केन्द्रीय परीक्षा विभागको माघ २४ गते बसेको बैठकले विगत वर्षहरूझैं यस वर्ष पनि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सो निर्णयबारे केन्द्रीय कार्यसमितिले प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई पत्रमार्फत जानकारी गराएको छ ।
केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटवालले प्याब्सन आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त परीक्षा अनिवार्य रूपमा सञ्चालन गरी सहभागी हुन निर्देशन दिएका छन् । उनले परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय र निकायलाई आग्रह गरेका छन् ।
प्याब्सनका अनुसार परीक्षा तालिका तथा अन्य विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ। यस वर्षको प्रि–बोर्ड परीक्षा व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संगठनले विशेष ध्यान दिएको जनाएको छ ।

प्रतिक्रिया