फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
काठमाडौं । फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ । “ड्राइभ टु ग्रेट” भन्ने आफ्नो ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई प्रभावशाली उपलब्धिसहित समापन गरेको छ, जसले यसको स्केल, विश्वास र दीर्घकालीन नेतृत्वलाई स्पष्ट रूपमा झल्काउँछ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा निरन्तर वृद्धि हासिल गर्दै फोटोन विश्वका भरपर्दा कमर्शियल भेहिकल उत्पादकमध्ये एकका रूपमा स्थापित रहँदै आएको छ ।
सन् २०२५ मा फोटोन मोटरले विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्शियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको छ । यो उपलब्धिले कम्पनीको सशक्त उत्पादन पोर्टफोलियो, उन्नत प्रविधि र वास्तविक यातायात आवश्यकताको गहिरो बुझाइलाई प्रतिबिम्बित गर्छ । फोटोनका लाइट कमर्शियल भेहिकलदेखि हेभी–ड्युटी ट्रक तथा न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले हरेक स्केलका व्यवसायलाई निरन्तर साथ दिइरहेका छन् ।
सन् २०२५ मा अन्तर्राष्ट्रिय बजार नै कम्पनीको मुख्य वृद्धि चालकका रूपमा रह्यो । फोटोनले विदेशमा १,६४,५०० भन्दा बढी युनिट बिक्री गर्दै विश्वव्यापी मागको बलियो संकेत दिएको छ । यस उपलब्धिसँगै फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकलको निर्यातमा नेतृत्व कायम राखेको छ, जुन दीर्घकालीन अन्तर्राष्ट्रिय विश्वासको स्पष्ट प्रमाण हो । हाल फोटोन गाडीहरू १४० भन्दा बढी देशमा उपलब्ध छन्, जहाँ यसको बढ्दो ग्लोबल पार्टनर इकोसिस्टमले समर्थन गरिरहेको छ ।
यो सकारात्मक गति नयाँ वर्षमा पनि कायम रहेको छ । जनवरी २०२६ मा मात्रै फोटोनले कुल ५५,५५३ युनिट बिक्री गर्दै चीनको कमर्शियल भेहिकल उद्योगमा शीर्ष स्थानमा कायम रहेको छ । सोही अवधिमा ओभरसिज सेल्स १५,१०२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतको वृद्धि हो । यी तथ्यांकहरूले बजारमा कम्पनीप्रतिको स्थिर विश्वास र सकारात्मक विश्वव्यापी सम्भावना देखाउँछन् ।
यो विश्वव्यापी विश्वास अब नेपालमा पनि थप सुदृढ बन्दै गएको छ । एमएडब्लू वृद्धि मार्फत फोटोनको अन्तर्राष्ट्रिय सफलता नेपालमा भरपर्दा सवारी, विश्वसनीय सेवा र दीर्घकालीन प्रतिबद्धतामा रूपान्तरण भइरहेको छ । १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र एमएडब्लू वृद्धिको विस्तार हुँदै गएको ऋऋक्२ टाइप डिसी फास्ट–चार्जर नेटवर्क अन्तर्गत १५६ भन्दा बढी चार्जिङ पोइन्टका साथ, नेपालभरका ग्राहकहरू विश्वस्त ढङ्गले यात्रा गर्न र इलेक्ट्रिक मोबिलिटीमा सहज रूपमा रूपान्तरण हुन सक्नेछन् ।
फोटोनले आगामी दिनमा पनि मूल्य, विश्वसनीयता र भविष्य–केन्द्रित कमर्शियल सोलुसन्स प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिनेछ । फ्लीट कन्सल्टेसन, उत्पादन प्रदर्शन तथा आवश्यकता अनुसारका कमर्शियल सोलुसन्सका लागि ग्राहकहरूलाई नजिकैको फोटोन शोरुम भ्रमण गरी “ड्राइभ टु ग्रेट” यात्रामा सहभागी हुन आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया