एसमनी ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते ’टाटा टियागो’ इभी

नेपालखोज २०८२ फागुन ९ गते १९:४३

काठमाडौं । पोर्चुगलबाट एसमनी ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो इभी कार जितेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो इभी कार हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन् । विदेशमा रहेर परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।

सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन स्वदेशमा सिप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको संख्या बढ्दै गएको बताए ।

गत कात्तिकदेखि माघसम्म सञ्चालित ’एसमनी ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एसमनी ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए । यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आईफोन १६ इ पनि प्राप्त गरिसकेका छन् ।

आइएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ ।

प्रतिक्रिया