एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

नेपालखोज २०८२ फागुन ११ गते २०:२८

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

यस बैंकका ग्राहकहरुले हस्पिटलको रुम चार्ज, प्रिभेन्टीभ हेल्थ चेकअप प्याकेज, एटेन्डेन्स हेल्थ चेकअप सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसैगरी आउट प्यासेन्ट इन्भेष्टीगेशनमा पाँच प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । साथै कम्प्लिमेन्टरी रजिष्टे«शन फि, एक्सीस टु इन्टरनेशनल प्यासेन्ट लाउञ्ज,जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् ।

यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया