अयातोल्लाह अली खामेनीको हत्या बारे चीनले के भन्यो ?

नेपालखोज २०८२ फागुन १७ गते १९:२२

काठमाडाैं । इरानमाथि अमेरिका र इजरायली आक्रमण र सर्वोच्च नेता अयातोल्लाह खामेनीको मृत्युको बारेमा चीनले एक विज्ञप्ति जारी गर्दै तिनीहरूलाई “संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरू विपरीत” भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ “इरानका सर्वोच्च नेतामाथिको आक्रमण र हत्या इरानको सार्वभौमसत्ता र सुरक्षाको गम्भीर उल्लङ्घन हो। यो कार्य संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताको विरुद्धमा छ। चीन यसको कडा विरोध र निन्दा गर्दछ।”

चीनले शान्त रहन अपील गरेको छ । “हामी सैन्य कारबाही तत्काल रोक्न, तनावपूर्ण स्थितिलाई थप बढाउनबाट जोगिन र मध्य पूर्व र विश्वमा शान्ति र स्थिरता कायम राख्न आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि खामेनीको मृत्युमा समवेदना व्यक्त गरेका थिए । उनले अली खामेनी र उनको परिवारको मृत्युलाई “मानव नैतिकता र अन्तर्राष्ट्रिय कानून विरुद्धको हत्या” भनेर वर्णन गरेका थिए ।

चीनको विदेश मन्त्रालय

प्रतिक्रिया