कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन

काठमाडौं । नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको छ । महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल लगायत सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सुश्री सरीशा श्रेष्ठको उपस्थिति रहेको थियो । कजारियाका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गर्नु समारोहको प्रमुख आकर्षण रह्यो ।
कार्यक्रममा बोल्दै हिमांशु अग्रवालले भने,“विराटचोकमा नयाँ शोरूम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यो शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्पहरू अवलोकन गर्ने गन्तव्यको रूपमा काम गर्नेछ । यहाँ गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्ना परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन् र आफ्नो सिर्जनात्मक विचारहरू जीवन्त बनाउन सक्नेछन् ।”
केदार प्रसाद गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ । यसले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ ।” त्यसैगरी, श्री दिल प्रसाद राईले भने, “विराटचोक र वरिपरिका क्षेत्रहरूमा तीव्र रूपमा विकास भइरहेको छ ।
कजारियाजस्ता अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक निर्माण आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै तीन हजार भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ ।
हाल कजारियाले नेपालभर एक सउ भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०ह४०से.मी.) तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

प्रतिक्रिया