कुवेतमा धेरै अमेरिकी सैन्य विमान ‘दुर्घटनाग्रस्त’
नेपालखोज
२०८२ फागुन १८ गते १४:३६

काठमाडाैं । कुवेतको रक्षा मन्त्रालयले आइतबार बिहान धेरै अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ ।
मन्त्रालयले चालक दल सुरक्षित रहेको, स्वास्थ्य जाँचको लागि अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताएको छ ।
कुवेतले घटनाको परिस्थितिको बारेमा आफ्नो अमेरिकी सहयोगीसँग छलफल भइरहेको र कारणको अनुसन्धान जारी रहेको बताएको छ । शनिबार, इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेका थिए ।
आइतबार इजरायली र अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया